१२ बैशाख २०८१, बुधबार

बाहिर क्लिनिकमा काम गर्ने चिकित्सकलाई कारवाही गर्न खोज्दा भेरी अस्पतालमा विवाद

bheri hospital nepalgunj

भेरी अस्पतालका डाक्टर सुरेशकुमार नागले असार २० गते प्रशासन कोठमा रहेको हाजिर रजिष्टरमा एकै चोटी २९ गते सम्म ९ दिनको हाजिर गरे ।

अस्पताल व्यवस्थापन समितिले चिकित्सिकले आफनो उत्तरदायित्व र जिम्मेवारी बिर्सेर चरम अनुशासनहीन काम गरेको भन्दै डाक्टर नागबिरुद्ध कारबाही प्रकृया अघि बढायो । त्यसपछि अस्पतालमा विवाद चुलिएको हो ।

समितिले चिकित्सक नागले मात्र ९ दिनको पहिलेनै हाजिर लगाएको भन्दै कारबाहीको माग गरि रहेकै बेला असार २३ गते जिल्ला प्रशासन कार्यालय बााकेबाट खटिएको आकस्मिक छडके टोलीले चिकित्सक निर्मल शाक्यसहित सात जनाले सात दिन सम्मको हाजिर पहिलेनै लगाएको फेला पर्‍यो । त्यसक्रममा ३ सय ७९ जना कर्मचारी मध्ये २ सय ९० जना अनुपस्थित भेटिएका थिए ।

एक साताभन्दा धेरै दिनको पहिलेनै हाजिर लगाउदै आएका भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर नाग र डा शाक्य सहित कर्मचारीलाई कारबाहीबाट जोगाउन नेपाल चिकित्सक संघले विकास समितिका पदाधिकारी बिरुद्ध आन्दोलनमा उत्रेको छ ।

भेरी अस्पताल भित्रको चर्किदो द्धान्दले बिस्तारै राजनीतिक मोड लिन थालेको छ । यसले सेवाग्राही समेत मारमा परेका छन् ।