२० बैशाख २०८१, बिहीबार

‘कान्स’को रेड कार्पेटमा हिड्ने पहिलो अभिनेत्रीको प्रश्न लोकसेवामा, एउटा उत्तर हुँदा सुरक्षा हर्ष व्यक्तगर्दै

surkshya

अधिकृत क्याडेट पदको प्रश्नपत्रमा नेपाली फिल्मकी नायिका सुरक्षा पन्तले राखेको एक इतिहासको प्रश्न समेत सोधिएको छ । फ्रान्समा आयोजना भएको कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिडेर नयाँ इतिहास बनाएकी सुरक्षा पन्तको यही रेकर्ड लोकसेवाको प्रश्नमा सोधिएको छ ।

असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ।

प्रश्नमा सोधिएको छ–‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् ? जसमा प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिष्मा मानन्धरलाई विकल्पमा राखिएको छ ।

गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री थिइन्। आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो ।

सुरक्षाले लोकसेवाको जवाफ बन्न पाएकोमा खुशी व्यक्त गरेकी छिन् । कान्स फिल्म फेस्टिभलसम्म पुगेपनि प्रियंका कार्कीले भने रेड कार्पेटमा हिड्न पाएकी थिइनन् ।

kkkkk