२० बैशाख २०८१, बिहीबार

‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक

292725814 5591831384194425 3410284709215386243 n

आगामी असोज २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘प्रपञ्च’को पहिलो गीत सार्वजनिक गरिएको छ ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको गीत ‘मुटुमा सास भर्ने आधार’ सार्वजनिक गरिएको हो । बिएस बलामी निर्देशित फिल्मको सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार सुमन थापा र मेनुका माझिलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्मको गीत डिएआर मुभिजबाट सार्वजनिक गरिएको छ । फिल्ममा सिद्धार्थ सिंह, ध्रुव ककोइराला, पियुस मगर, मनिल तामाङ, प्रकृति केसी, जोश्ना सिमखडा, सिजन तिवारी लगायतका कलाककारको पनि अभिनय रहेको छ ।

सन्तोष प्रगाढको संगीत तथा दिनेश सुवेदीको शब्द रचना रहेको गीतमा शंकरलाल श्रेष्ठ र ऋद्धा दियालीको स्वर छ । फिल्मको गीतमा तेञ्जु योन्जनको कोरियोग्राफी रहेको छ।

‘प्रपञ्च’लाई बद्री साह, अनिल गुीता र रवि राज आचार्यले निर्माण गरेकका हुन् । फिल्मको कार्यकारी निर्मातामा शिवानी बलामी रहेकी छिन् ।

फिल्ममा प्रकाश कुँवरको कथा, दिवस गुरुङको डिओपी, देव मर्हजनको द्धन्द्व निर्देशन, प्रविन ढकालकको सम्पादन रहेको छ । तर्कराज न्यौपाने मेख्य सहायक निर्देशक र सन्तोष पराजुली प्रोडक्सन म्यानेजर रहेको फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

    सम्बन्धित समाचार...