२४ बैशाख २०८१, सोमबार

सार्वजनिक भएसँगै प्रकाश सपुतको नयाँ गीत ‘पीर’ हटाउन चेतावनी

pir

गायक प्रकाश सपुतको ‘पीर’ बोलको नयाँ गीत सार्वजनिक भएसँगै विवादमा मुछिएको छ । माओवादी जनयुद्धका पीडितहरुको कथामा आधारित गीतका केही दृश्यलाई लिएर माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले युट्युबबाट नै हटाउन चेतावनी दिएका हुन् ।

गीत सार्वजनिक भएपछि वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखा, अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चासिंह लगायतले गीतको विरोध जनाएका हुन् ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गायक प्रकाश सपुतलाई हालै सार्वजनिक गीत ‘पीर’ युट्युवबाट हटाउन अनुरोध गरेकी छन्।

गायक सपुतको शब्द, संगीत र स्वरमा तयार पारिएको गीत ‘पिर’ मा जनयुद्धको कथाको हवाला दिएर महिला लडाकुलाई हेद ब्यापार गर्ने पात्रका रुपमा चित्रण गरिएको र जनयुद्धमाथि प्रहार गरिएको भन्दै उक्त आग्रह गरेकी हुन्।

अध्यक्ष सिंहले जनमुक्ति सेना र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको सही भएपनि जनयुद्धमा सहभागी महिलाहरु शरीर वेच्ने काममा संलग्न रहेको सन्देश दिने गरी गीतमा दृश्य समावेश गर्नु आपत्तिजनक रहेको बताइन् । उनले उक्त दृश्य हटाउन चेतावनी दिँदै माफी माग्न समेत भनेकी छन् ।

गीतमा देखाइएको देह व्यापारको दृश्य हटाउनुपर्ने भन्दै विरोध माओवादीका नेताहरुले विरोध जनाइरहेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्: ‘महान जनयुद्धको कारण केही थान मन्त्रीहरु ,माननियहरु र टाठा बाठाहरुको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको ब्यवस्थापन हुन नसकेको भन्ने बहस जरुर रुपमा छ। सहिद परिवार बेपत्ता परिवार ,पुर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको ब्यवस्थापनमा नेतृत्व बेखवर भने छैन ।कतिपय प्रयत्न हरु सफल हुन सकेका छैनन्। ब्यवस्थापनमा केही नभएको भन्ने पनि होेइन विभिन्न तहमा प्रयत्नहरु भइरहेका पनि छन्।’

उनले अगाडि लेखेकी छन्, ‘तर ब्यवस्थापन हुन नसकेका जटिलताहरु देखाएर जनयुद्धमा सहभागी महिलाहरु शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरि प्रकाश सपूतजिले युटुवमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ। जनयुद्धकै कारण महिलाले स्वतन्त्रता , न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३५ प्रतिशत महिला सहभागीता सुनिश्चित भएको कुरा प्रकाश जि तपाईंलाई बुझाईरहन पर्ने हो। जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातिय विभेद बिरुद्ध पनि लडेका थिए भन्ने कुरा यति चाडै भुल्नु भयो ।तिनै दिदिबहिनीहरु माथि अपमान हुने गरि बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफि मागेर तत्काल युटुवबाट नहटाइए तपाईंको यस्तो गैर जिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु।’

यस्तै, वाईसीयल इञ्चार्ज नेता राम प्रसाद सापकोटा दीपशीखाले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्: ‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् !

पिर’ को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्द लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन् – त्यो आपत्तिजनक मात्रै होईन दण्डनिय छ ।

उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्न – अभाव, निराश अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’

सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गितहरूमा निर्धक्क संगित भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !’

pancha
ram

    सम्बन्धित समाचार...