२० बैशाख २०८१, बिहीबार

देशभर मध्यम तथा सुदूरपश्चिमका केही स्थानमा मुसलधारे वर्षाकाे सम्भावना

weather aajko mausam

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल बिहानै देखि देशका धेरै जसाे भूभागमा सामान्य वर्षा भइरहेकाे महाशाखाकाे भनाइ छ ।

साेमवार देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएकाे छ । देशका पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका तराई क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै, राती देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ ।

सूदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।

देशभरका नदीहरूमा जलकाे सतह बढ्ने तथा पहाडी भेगमा पहिराकाे समेत सम्भावना भएकाले सतर्कता अपनाउने माैसम विज्ञहरूले अनुराेध गरेका छन् ।