१६ बैशाख २०८१, आईतवार

विभाजनकाे अन्तिम अवस्थामा पुगे भट्टराई र यादव

baburam bhattarai and upendra yadav

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्।

बाबुराम पक्षले असार २८ र २९ मा काठमाडौंमा केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् भने उपेन्द्र पक्षले असार २९ र ३० मा वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएका छन्।

बाबुरामनिकट नेता विश्वदीप पाण्डेका अनुसार असार २८ र २९ मा बस्ने केन्द्रीय समिति बैठकमा आन्तरिक विषय, स्थानीय चुनाव समीक्षा, सङ्गठनबारे छलफल र आगामी कार्ययोजनाबारे छलफल हुनेछ।

यस्तै, उपेन्द्र पक्षले वीरगञ्जमा केन्द्रीय समिति बैठक बस्ने र काठमाडौंमा हुने बैठक वैधानिक नभएको दाबी गरेको छ।

केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार वीरगञ्जमा बस्ने बैठकमा सहभागी हुन केन्द्रीय सदस्यहरूलाई सूचना पठाइसकिएको छ।

‘काठमाडौंमा सोही दिन पार्टीको यसप्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको’ भन्दै उहाँले विज्ञप्ति जारी गर्नुभएको छ ।

विभाजनकाे अन्तिम अवस्थामा पुगेकाे जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र पक्षबीच सौहार्दपूर्ण वातावरणमा अलग हुने सहमति भएको थियो ।