१४ बैशाख २०८१, शुक्रबार

आजदेखि लकडाउन कडा (निस्कनुअघि गृहले बनाएको सवारी पासको नीति हेर्नुहोस्)

ezgif.com webp to jpg 1

नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकारले आजदेखि लकडाउनमा पुनः कडाई गरेको छ ।

मंगलबार यता अस्वाभाविक तवरले संक्रमित संख्या बढेपछि सरकारले एक जिल्ला र अर्को जिल्ला आवातजावत गर्नेहरुको पास रद्द गर्दै कडिकडाउ गर्ने निर्णय गरेको हो ।

१ जेठबाट लागु हुने गरी पुराना पास सबै रद्द हुनेछन् । नयाँ पास लिन परिस्थिति हेरेर सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी मात्र नभई कतिपय अवस्थामा गृह मन्त्रालयको समेत अनुमति लिनुपर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकमा कोभिड १९ रोकथामसम्बन्धी संयन्त्रमा रहेका मन्त्रीहरुसँग लकडाउन अझ कडाई गर्न निर्देशन दिएका थिए ।

अब एउटा जिल्लाबाट अर्कौ जिल्लामा जान रोक लगाइनेछ । अत्यावश्यक सेवाका लागि प्रस्थान र पुग्ने दुवै जिल्लाका सिडिओको अनुमति लिनुपर्नेछ ।

सञ्चालन हुन पाउने सवारी साधनको आवश्यकता र अनिवार्यतालाई हेरेर छुट दिइनेछ ।

गृहका अनुसार काठमाडौं उपत्यकाभित्र छिर्न कडाई गरिने भएको छ । उपत्यकाको हकमा भने तीनवटै जिल्लालाई एउटै जिल्ला सरहको व्यवहार गरेर कडाई गरिने तयारी भएको छ ।

आवश्यकता अनुसार प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा मात्र नयाँ पास वितरण हुनेछ । अब परिचयपत्रको भरमा सडकमा निस्कन पाइने छैन ।

पास लिंदै विभिन्न बहानामा मानिसहरु सवारी साधन लिएर सडकमा देखिनथालेपछि सरकारले लकडाउन कडा पार्ने निर्णय गरेको हो ।

समुदायमा कोरोना भाइरस पुगिसकेकाले जोखिम कम गर्न सरकारले लकडाउनमा कडाई गर्न लागेको हो ।

अब निस्कनुअघि के के ख्याल गर्नुपर्छ

  • पास नलिई ननिस्कनुहोला
  • अर्को जिल्लामा जानका लागि दुवै जिल्लाका सिडिओको पास विना नहिड्नुहोला
  • सरकारी कर्मचारी भए आवश्यकता र अनिवार्यलाई हेरेर कार्यालय समय पुग्न र फर्कने टाइममा हेर्नुहोला
  • बैक तथा वित्तिय संस्थाका कर्मचारी भएपनि पास आवश्यक पर्नेछ
  • खाद्यान्न ढुवानीलगायतका लागि पनि तोकिएको समयमा मात्र सञ्चालन अनुमति छ । अर्को जिल्लामा जान पासको आवश्यकता पर्नेछ
  • पत्रकारले बाहिर निस्कँदा सुचना विभागको प्रेस पास लिनुपर्नेछ

यस्तो छ गृहको नयाँ नियम

  • . एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी जारी भएका ईपाससहित सबै सवारी पास रद्द
  • . अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्को जिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनिवार्य स्वीकृतिमा मात्रै जारी गर्नुपर्ने ।
  • . अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने।
  • . त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्वीकृति नम्बर समेत समावेश गर्नुपर्ने।
  • . पास स्वीकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइँ समेत खुलाउनुपर्ने।