१४ बैशाख २०८१, शुक्रबार

नेपालमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २४५ पुग्यो

corona nepal

नेपालमा थप दुई जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार पनि चन्द्रागिरिकै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि राजधानी काठमाडौंमा कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या ६ पुगेको छ ।

बुधबार एकैदिन रुपन्देहीका १२, कपिलवस्तुका ८, पर्साका ३ र नवलपरासीका १ जना गरी २४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो

काठमाडौंमा फेरि अर्का एक जनालाई कोरोना संक्रमण, चन्द्रागिरिमै २ जना

काठमाडौं उपत्यकामा थप एक जनालाई कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबा बिहान दिएको जानकारीअनुसार चन्द्रागिरि नगरपालिकाका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

यसअघि मंगलबार मात्र चन्द्रागिरिकै महिलामा कोरोना संक्रमण पुष्टि भएको छ।