१५ चैत्र २०८०, बिहीबार

महालक्ष्मी विकास बैंकको व्याजमा १०% छुट

Mahalaxmi.jpg bank

महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिमा नेपाल राष्ट्र बैंकले २०७६ चैत १६ गते जारी गरेको निर्देशन बमोजिम २०७६ चैत महिनामा भुक्तानी गर्नुपर्ने किस्ताहरु मध्ये चैत मसान्तभित्र भुक्तानी भएका किस्ताहरुको व्याज रकममा १० प्रतिशत छुट प्रदान गरेको जनाएको छ ।

ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷व्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै जम्मा व्याज रकमको १० प्रतिशत छुटबाट हुन आउने व्याज रकम ग्राहकको खातामा जम्मा गरी सकेको पनि बैंकले जानकारी दिएको छ ।

देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानमा १०२ वटा शाखा तथा ३५ वटा एटिएममार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या करिब ५ लाखभन्दा बढी रहेको छ।

    सम्बन्धित समाचार...