४ जेष्ठ २०८१, शुक्रबार

शालिक बनाउने होड: अघि अघि प्रचण्ड पछि पछि बालेन !

balen prachanda

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनअघि मात्र आफ्ना पुत्र प्रकाश दाहालको शालिक अनावरण गर्नुभयो ।

त्यस्तै मेयर शाहले पनि र्‍याप गायक यमबुद्धका नामले चिनिने अनिल अधिकारीको शालिक आफ्नै तलबबाट शालिक बनाउने घोषणा गरेका छन ।

मेयरमा निर्वाचित भएपछिको शाहले ल्याएको पहिलो बजेटमै १५ लाख खर्च गरेर यमबुद्धको शालिक बनाउने निर्णय विवादित बनेको हो ।

धेरैले शाहको निर्णयको कडा आलोचना गरेका छन् ।

प्रचण्ड पुत्र प्रकाशले देशका लागि के गरेका थिए र उनको शालिक भन्दै चौतर्फी आलोचना भएको थियो । त्यस्तै जीवनसँग हार मानेर आत्महत्याको बाटो रोजेका र्‍याप गायक यमबुद्धको शालिक बनाउने मेयर बालेन्द्र शाहको घोषणाको पनि आलोचना भएको छ ।

सामाजीक सन्जाल प्रयोगकर्ता यस बखत र्‍याप गायक यमबुद्धको शालिकको पक्ष र विपक्षमा उभिएका छन ।

सर्सर्ती हेर्दा मेयर शाहले पनि अगुवा नेताहरु जस्तै शालिक मोहा देखाएका छन भन्दा फरक नपर्ने भएको छ । यस अर्थमा मेयर शाहले पनि प्रचण्डपथ नै पच्छ्याउनु भएको छ ।

आफ्नो विरोध भएपछि मेयर शाहले आफ्नै तलबबाट भएपनि यमबुद्धको शालिक बनाइ छाड्ने बताउनु भएको छ । आफ्नो तलबबाट शालिक बनाउने बताए पनि उहाँलाई ‘सार्वजनिक स्थानमा नभएर आफ्नो घरको छतमा लगेर शालिक राख्न’ कतिपयले सुझाव दिएका छन् ।

यहाँ सम्बन्ध भन्दा पनि शालिक बनाउनैपर्ने उनीहरुको योगदान के हो भन्ने प्रश्न महत्वपुर्ण रहन्छ । सत्तामा पुगेपछिको शालिक मोह कस्तो भन्ने प्रश्न पनि उब्जिएको छ ।

यमबुद्ध को नामले चिनिने अनिल अधिकारीले विक्रम सम्वत २ हजार ७३ सालमा बेलायतमा आत्महत्या गरेका थिए ।

केही फरक र रचनात्मक कामको अपेक्षासहित अत्यधिक मत दिएर मेयरमा विजयी बनाएका मतदाता खासै उल्लेखनीय योगदान पनि नभएको र आत्महत्या जस्तो कायर काम गर्ने व्यक्तिको शालिक बनाउने निर्णयबाट सबैभन्दा बढी निराश बनेका छन् ।