विश्वासको मत लिने विषयलाई ७ गते संसद्को कार्यसूचीमा राख्न प्रधानमन्त्रीको पत्र

प्रधानमन्त्री पुष्पकमल दाहालले २०८१ जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसद्को कार्यसूचीमा राख्न पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार २०७९ साल पुस १० गते प्रधानमन्त्री बनेपछि चौथो पटक विश्वासको मत लिन लागेका हुन्।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्छ । रकारबाट जनता समाजवादी पार्टी, नेपालले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन्।
जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन चाहिन्छ।
हिजो लोसपाका नेताहरू महन्थ ठाकुर र शरद सिंह भण्डारीलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर प्रधानमन्त्रीले विश्वासको मत लिनेबारे कुराकानीसमेत गरेका थिए।