१९ बैशाख २०८१, बुधबार

बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण

Photo bakhra bitaran

बैतडीको दोगडाकेदार गाउँपालिकाले कुपोषण भएका बालबालिकाका परिवारलाई बाख्रा वितरण गरेको छ ।

बहु क्षेत्रीय पोषण योजना अन्तरगत गाउँपालिका भरीका ५० परिवारलाई बाख्रा वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

कुपोषण भएका बालबालिकालाई पौष्टिक तत्त्वका लागि मासु खुवाउन बाख्रा पालन गर्नु उपयुक्त हुने भन्दै बाख्रा वितरण गरिएको हो ।

बाख्रा पाएका बालबालिकाका परिवारका व्यक्तिहरूलाई शुक्रवार गाउँपालिका कार्यालयमै बोलाएर बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । ठूलो बाख्रा पाउने लाई एक बाख्रा र सानो पाउनेलाई दुई बाख्राका दरले दिइएको हो ।

किसानहरूलाई बाख्रा पालनमा आक्रोसित बाख्रा वितरण गरिएको उपाध्यक्ष काकीले बताइन् । अब एकै बाख्राबाट बढाउँदै व्यवसायीकै बाख्रा पालन गर्ने दोगडाकेदार १ की हरु भुलले बताइन् ।