६ बैशाख २०८१, बिहीबार

डलरमा भएको बढोत्तरीले नेपालमा कस्तो प्रभाव ?

dollar

अमेरिकी डलरको भाउ गत माघदेखि उकालो लागेको अहिले १२६ रुपैयाँको हाराहारीमा पुगेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा र भारतीय मुद्र कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा समेत परेको हो । डलरको भाउ अकासिँदा नेपाललाई लाभ कि हानी त ?

नेपाली र भारतीय रुपैयााबीच ३० वर्षअघि स्थिर विनिमय दर कायम गरिएको थियो । त्यसयता अमेरिकी डलरको तुलनामा भारु कमजोर हुादा नेपालले पनि क्षति बेहोर्नुपर्छ भने भारु बलियो बन्दा लाभ पनि हुन्छ ।

रुस र युक्रेनबीचको युद्धका कारण बढेको महंगी र त्यसलाई नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले बढाएको ब्याजका कारण अमेरिकन डलरको भाउ बलियो बन्दै गएको छ ।

अमेरिकामा ब्याज बढेपछि अमेरिकन लगानीकर्ता भारतबाट अमेरिकामा र्फकंदा भारुको मूल्य भने खस्केको छ । त्यसको प्रत्यक्ष असर अहिले नेपालमा छ । गत वर्षको असारमा प्रतिअमेरिकी डलरको भाउ १ सय १७ रुपैयाा रहेकोमा अहिले बढेर १ सय २६ रुपैयाा छ ।

डलरको मूल्य बढ्दा विदेशी ऋण भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ । विदेशमा औषधोपचार, अध्ययन, भ्रमणलगायतमा जानेको लागत महंगो हुन्छ ।

समग्रमा नेपालको व्यापार घाटा उच्च भएकाले डलरको भाउ बढ्दा नोक्सानी ठूलो देखिन्छ । किनकी अहिले डलरको मूल्य अकासिादा आयातित वस्तु वापत् नेपालले ठूलो रकम खर्च गर्नुपरेको छ ।

त्यसो त डलरको भाउ बढ्दा सबै कुरामा घाटा नै हुन्छ भन्ने पनि छैन । केही कुरामा मुलुकलाई लाभ छ । एकातिर डलरको भाउ बढी पाएपछि रेमिट्यान्स आप्रवाह बढ्छ भने अर्कोतिर विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउाछन् । डलर बलियो हुादा प्रत्यक्ष वैदेशिक लगानी, पर्यटन आय र निर्यात बढाएर मुलुकले फाइदा लिन सक्छ ।

डलरको मूल्य बढेका बेला नेपालले पर्यटन र निर्यातमा सुधार गरे धेरै लाभ लिन सक्छ । आयातमा कम गर्दै बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउन सके मुलुकको सोधनान्तर स्थितिमा सुधार पनि ल्याउन सकिन्छ ।