११ बैशाख २०८१, मंगलवार

वीरगञ्जमा दुई जना कोरोना संक्रमित अस्पतालबाटै भागे

narayanihospital

कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्।

पर्साको वीरगञ्जमा उपचाररत दुई जना कोरोना संक्रमित भागेका छन् । नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए।

डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।

अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्। उनीहरूको अहिले खोजीकार्य भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले घटनाबारे बुझ्ने काम भइरहेको बताए।

वीरगन्जको नारायणी अस्पतालमा ६९ जना कोरोना संक्रमित उपचाररत छन्।

अपडेट:- भागेका संक्रमित सम्पर्कमा आए, प्रहरी पुग्दा फेरि लुके

बुधबार वीरगन्जको नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित सम्पर्कमा आएपछि फेरि भागेका छन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले सम्पर्कमा आएका संक्रमित प्रहरी पुगेपछि त्यहाँबाट फेरि भागेको बताए।

सुरूमा संक्रमित सम्पर्कमा आए भनेपछि प्रहरी उनी भएको ठाउँमा पुगे तर प्रहरी पुग्दा उनी त्यहाँबाट पनि भागे, उनले भने।

बुधबार अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका हुन्। उनीहरूमध्ये एक जना सम्पर्कमा आए भनिए पनि उनलाई सम्पर्कमा ल्याउन सकिएन।

अहिले दुबै जनाको खोजी भइरहेको अस्पतालले जनाएको छ।