११ बैशाख २०८१, मंगलवार

चिहानभित्रबाट लाशले हात हल्लायो ! (भिडियो)

las

इन्डोनेसियाको मानादोमा कफिनभित्र राखेर चिहानमा अन्त्येष्टि गर्ने क्रममा लाशले हात हल्लाएको जस्तो देखिएको छ ।

अघिल्लो साताको मंगलवार अन्त्येष्टिका बेलामा कफिनको शीशाको प्यानलभित्र लाशको हात र औंला चलेको देखिन्छ । त्यतिखेर परिवारका सदस्य त्यहाँ थिए अनि पादरीले प्रार्थना गरेका थिए ।

भिडियोमा पादरीले भनेको सुनिन्छ, ‘बूक अफ जोनमा ईश्वरले भन्नुभएको छ । म पुनरुत्थान र जीवन हुँ । जसले ममाथि विश्वास गर्छ, ऊ मरे पनि जिउँदै हुन्छ ।’

त्यसको केही समयपछि नै लाशले कफिनको शीशामा हात दबाएको देखिन्छ । भिडियो फूटेज सार्वजनिक भएपछि स्थानीय बासिन्दाहरूले मृतक शरीरले हात हल्लाएको वा भाग्न खोजेको टिप्पणी गरे । तर ती व्यक्ति जीवितै छन् भन्ने कुरा स्पष्ट छैन ।

तर लाश सड्ने क्रममा लिगामेन्टहरू हल्लिने गर्छन् अनि त्यसैले अंगहरू चलेको हुन सक्ने सम्भावना छ ।

सन् २०१९ को सेप्टेम्बर महिनामा प्रकाशित मेडिकल न्युज टुडेमा मानिस मरेपछि तिनको शरीर आफैं हल्लिने कुरा उल्लेख गरिएको छ ।

लाश सड्ने क्रममा कुनै बाहिरी शक्तिविना नै मृत शरीर हल्लिने अस्ट्रेलियाको सेन्ट्रल क्वीन्सल्यान्ड विश्वविद्यालयका अनुसन्धाताहरूले पाए । एजेन्सी