४ जेष्ठ २०८१, शुक्रबार

आजपनि एमालेले कर्णाली प्रदेश बैठक चल्न नदिने, बैठक अघि सभामुखले सर्बदलीय छलफल गर्दै

karnali pradesh sava karnali pradesh

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अवरोध कारण स्थगित भएको कर्णाली प्रदेशको प्रदेश सभा बैठक पुनः आज बस्दैछ ।

आफना माग सम्बोधन गर्नका लागि पटक पटक आग्रह गरे पनि मुख्यमन्त्री जीवनबहादुर शाहीले सम्वोधन नगरेको जनाउँदै एमालेले बैठक अबरुद्ध गर्दै आएको अवस्था पुनः बैठक आब्हान गरिएको हो ।

गत माघमा भएको ७ बुदेँ सहमति कार्यान्वयन नगरेको, मुख्यमन्त्री रोजगार कार्याक्रमको कार्यबिद्यी नसच्चाएको, सुदुरपश्चिमका तीनवटा जिल्लालाई समेटेर बजेट ल्याएको आरोप एमालेले लगाउँदै त्यसलाई सच्चाउनु पर्ने माग गर्दै आएको छ ।

तर, मुख्यमन्त्री शाहीले प्रतिपक्षी दलको माग सम्वोधन नगरिसकेकाले आजको प्रदेशसभाको बैठक पनि अबरुद्ध हुने एमालेले चेतावनी दिएको छ ।

पटक पटक सर्वदलीय बैठकवाट सहमति गर्ने प्रयास गरे पनि सहमतिमा नपुगेको अवस्थामा सभामुख राजबहादुर शाहीले बैठक अघि पुनः सर्बदलीय बैठक बोलाएर सहमतिको प्रयास गर्ने तयारी गरेका छन । त्यसका लागि अपरान्ह सर्बदलीय बैठकवाट समस्या समाधानको हल खोज्ने सभामुख शाहीले जानकारी दिए ।