२२ बैशाख २०८१, शनिबार

अनिश्चि प्रधानमन्त्री देउवा अमेरिका भ्रमण !

Sher Bahadur Deuba
फाइल फोटो

प्रधानमन्त्री शेर बहादुर देउवा असारको दोस्रो साता अमेरिका भ्रमणमा जाने तयारी थियो । तर एकाएक विवादमा आएको स्टेट पार्टनर सिप प्रोग्राम एसपीपीबाट नेपालपछि हटेपछि देउवाको अमेरिका यात्रा अनिश्चि बनेको छ ।

नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औँ वर्ष, नेपालले अमेरिकी अनुदान एमसीसी संसदबाट पारित जस्ता विषयले पछिल्लो समय अमेरिकाले नेपाललाई उच्च प्राथमिकतामा राख्न थालेको थियो ।

एमसीसी पारित भएपछि बाक्लिएको अमेरिकी उच्चस्तरीय भ्रमण र राष्ट्रपति जो वाइडन बाटै देउवालाई दिएको अमेरिका भ्रमणको निम्तो यसको उदाहरण मान्न सकिन्छ ।

यसअघि २०५९ सालमाअमेरिकी राष्ट्रपतिकै निम्तोमा देउवालेनै प्रधानमन्त्रीका रूपमा औपचारिक भ्रमण गरेका थिए । त्यसयता नेपालबाट अमेरिकामा उच्चस्तरको भ्रमण हुन सकेको छैन । त्यसैले देउवाको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।

अनौपचारिक रुपमा दुवै मुलुक भ्रमणको तयारीमा जुटेका थिए । तर अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चार्ल्स ए फ्लिनको नेपाल भ्रमण लगत्तै बाहिरिएको अमेरिकी शैन्य सहयोग स्टेट पार्टनर सिप प्रोग्राम एसपीपी सतहमा आयो ।

नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य सम्बन्ध विस्तारका लागि (एसपीपी) मा नेपाल सम्झौता गर्न सहमत भएको अवस्थामा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने विश्लेषण थियो ।