११ बैशाख २०८१, मंगलवार

२४ घन्टामा २ हजार २३६ नयाँ नमूना परीक्षण, रेडजोनमा ३४५ जना

dr bikas devkota

गत २४ घन्टामा २ हजार २३६ नयाँ परीक्षण भएका छन् भने रेडजोनमा पर्नेको संख्या ३४५ पुगेको छ। स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता तथा डा.विकास देवकोटाले नमूना परीक्षण र रेडजोनमा पर्नेको संख्या पुष्टि गरेका हुन्।

उनका अनुसार नेपालमा हालसम्म कोरोना परीक्षण ७८ हजार ५९१ वटा नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआर १८ हजार ९६४ र आरडीटी ५9 हजार ६२७ परीक्षण भएका छन्। 

सातवटै प्रदेशमा आरडीटी परीक्षण भइरहेको छ।जसमध्ये प्रदेश १ मा ८ हजार ०६३, प्रदेश २ मा ५ हजार ९३५, बागमती प्रदेशमा ९ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४ प्रदेश ५ मा ७ हजार २२१ र कर्णाली प्रदेशमा ७ हजार ७६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ गरी ५९ हजार ६२७ आरडीटी परीक्षण पुगेको छ।

यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या १२ हजार ७८५ जना पुगेको छ। जसमध्ये प्रदेश १ मा ९७४ प्रदेश २ म१ हजार ५३४, बागमतीमा ९०, गण्डकीमा 292 प्रदेशमा ५ मा ५ हजार ४४२ कर्णालीमा १ हजार ६९९ सुदूरपश्चिम प्रदेशमा २हजार ७५४ पुगेको छ।

आइसोलेसनमा हाल २२८ छन्।जसमध्ये काठमाडौंमा १ र उपत्यकाका बाहिर २२७ जना छन्। प्रदेश विवरणअनुसार प्रदेश १ मा २५ जना आइसोलेसनमा छन्।जसमध्ये १९ जना कन्फर्म केस र ६ जना संकास्पद छन्। प्रदेश २ मा ८० जना छन्।जसमध्ये शंकास्पद १२ र पुष्टि भएका ६८ जना छन्। बागमती प्रदेशमा २५ जनामा शंकास्पद २४ जना र कन्फर्म एकजना छन्। यस्तै प्रदेश ५ मा ५८ जनामा पुष्टि भएका ७० र संकास्पद २८ जना छन्।

यसरी आइसोलेसनमा १५८ केस पुष्टि भएका छन् भने ७० जना संभावित संक्रमित छन्। जम्मा २२८ जना रहेका छन्। रेडजोनमा ३४५ पुगेको छ।

कपिलवस्तुमा ८, रुपन्देहीमा ९ पर्सामा ३९ जना र बारामा १ जना गरी ५७ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ।जसमध्ये १५८ पुरुष र ३३ महिला छन्।प्रवक्ता देवकोटाका अनुसार नयाँ संक्रमितलाई मंगलबार अस्पताल भर्ना गरिने तयारी भइरहेको छ।