१४ बैशाख २०८१, शुक्रबार

स्वदेश फर्किए प्रधानसेनापति शर्मा

292208167 349765014002651 201459866905050028 n

अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्र्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो । 

लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो । 

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए । 

292240139 349765100669309 3924587581886008820 n
292208167 349765014002651 201459866905050028 n
292147649 349765024002650 8697040713175434762 n
292160595 349765040669315 5173405418611108506 n