१२ बैशाख २०८१, बुधबार

त्रिधार्मिकस्थल हलेसीमा हप्ता दिनमा ४० हजार भेटी

halesi

हप्ता दिनको अवधिमा खोटाङको त्रिधार्मिकस्थल हलेसीमा ४० हजार भेटी आम्दानी भएको छ ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा गत ११ असारदेखि १७ असारसम्मको अवधिमा ४० हजार ६५ रुपैयाँ भेटी आम्दानी भएको हो ।

यस अवधिमा हलेसीमा दर्शनार्थीले एक तोला चाँदी र ०.००५ तोला सुन चढाएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

संकलन भएको रकम माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको छ ।

हलेसीमा आएका दर्शनार्थी तथा पर्यटकले चढाएको रकमलाई गणना गरेर आम्दानीका रूपमा बाँधेर सार्वजनिक गर्ने गरिएको छ ।