१४ बैशाख २०८१, शुक्रबार

उक्त जेठ १४ गतेको सीसीटीभी फुटेज डिलिट भयो : अर्थ मन्त्रालय

ministry of finance nepal

अर्थमन्त्रालयले बजेट बनाउने अघिल्लो दिन जेठ १४ गते रातिको सीसीटीभी फुटेज मेटिएको जनाएकोे छ।

बजेट बनाउने क्रममा जेठ १४ गते मध्यरातमा अनधिकृत व्यक्तिहरुलाई मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको आशंका गर्दै उक्त दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग हुँदै आएकोमा मन्त्रालयले आइतवार यस्तो प्रतिक्रिया दिएको हो ।

अर्थमन्त्री जनार्दन शर्मामाथि आर्थिक वर्ष २०७९/०८०को बजेट बनाउने क्रममा जेठ १४ गते मध्यरातमा अर्थमन्त्रालय भित्र अनधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर करको दर परिवर्तन गरेको आरोप लाग्दै आएको छ ।

यसैबीच अर्थमन्त्रालयले यस सम्बन्धमा सूचना माग गरेको उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई आइतबार पत्र पठाउँदै जेठ १४ गते रातीको सीसीटीभी फुटेज डिलिट भएको जनाएपछि मन्त्रालय र मन्त्रीको कार्यशैलिमाथि थप आशंका उत्पन्न भएको छ ।

पत्रमा फुटेज बढीमा १३ दिनसम्मको मात्रै अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिने दाबी मन्त्रालयले गरेको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै संसदमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले पटकपटक सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको छ ।

उता अर्थमन्त्री जनार्दन शर्माले आफुले गलत मनशाय राखेर कुनै काम नगरेको प्रष्टिकरण दिँदै आउनुभएको थियो । एमालेले माग गरेपनि सीसीटीभी फुटेज एमालेलाई देखाउन जररुरी नभएकामे भन्दै आवश्यक परे देखाउन सक्ने प्रतिक्रिया दिँदै आउनुभएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेलले गत वर्ष प्रतिस्थापन बजेट बजेट आउनु अघिल्लो दिन भदौ २४ गते राति ११ देखि २५ गते बिहान ६ बजेसम्मको र यस वर्षकोे जेठ १४ गते बेलुका ६ देखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेजको माग गरेर असार १४ गते निवेदन दिनुभएको थियो ।

बजेटमा हाल कायम करका दरहहरुलाई लिएर केही उद्योगी व्यवसायीहरुले तीब्र असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

291072532 739607453831094 5431678121027752737 n