१८ बैशाख २०८१, मंगलवार

वीरगञ्जमा हुने जसपाको केन्द्रीय समिति बैठक

jasapa 61
फाइल फोटो

जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ ।

जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो ।

दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, सङ्गठन सुदृढीकरण र आगामी प्रदेश र सङ्घीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा छलफल हुने बताइएको छ ।