४ जेष्ठ २०८१, शुक्रबार

महोत्तरी माओवादीले चार पालिका गुमाएपछि चुनावी समीक्षा गदै

maiost

माओवादी केन्द्र महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ ।

१८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समिक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए ।

निर्वाचनको बिषयलाइ लिएर दुइपक्षविच वढदै गएको दुरीलाइ ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो ।

अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन  समीक्षा अगाडि वढाउने संयोजक ढुंगनाले जानकारी दिए  ।

१८ असारमा बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ।

बर्दिबासको बिषयलाइ लिएर पनि नेताहरुविच अनेकौ टिकाटिप्णी वनिरहेका छन । राजु खडका पक्षले निर्वाचनमा पराजयको कारक गिरिराजमणि पोखरेल समुहलाइ दिएको छ भने पोखरेल समुहले त्यस्लाइ अस्विकार गर्दै आएको छ ।