१६ बैशाख २०८१, आईतवार

बिहे गर्दै असार २४ मा नीता र हरिहर

269967210 4789097557815653 7713218829450374436 n

नायिका नीता ढुंगानाले असार २४ गते आफ्ना प्रेमी हरिहर अधिकारीसँग बिहे गर्दैछिन् । फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन सुरु गर्नु अगाडि नै नीता र हरिहरले घरजम गर्न लागेका हुन् ।

नीता र हरिहरको बिहे असार २४ गते याक एन्ड यति होटलमा हुँदैछ । वुझिएअनुसार, असारको २५ वा २६ गते यी दुई बिहेको पार्टी समेत सोही होटलमा दिनेछन् ।

बिहेको दिन मिडियालाई प्रवेश नदिने तयारीमा रहेका नीता र हरिहरले बिहेको पार्टीमा भने फिल्मीकर्मी र मिडियाकर्मीलाई निम्तो दिनेछन् ।

यसैविच, बिहे अगाडि नायिका नीता ढुंगानाले आज आफ्ना नजिकका केटी साथीहरुलाई बोलाएर ब्याचलर पार्टी दिएकी छिन् ।

तर, नीताले ब्याचलर पार्टीको फोटो भने सार्वजनिक गरेकी छैनन् । उनको ब्याचलर पार्टी दिउँसोबाट नै सुरु भएको वुझिएको छ । केही बर्ष प्रेम सम्बन्धमा रहेपछि नीता र हरिहरले बिहे गर्न लागेका हुन् ।