१५ चैत्र २०८०, बिहीबार

‘छड्के’को सिरिज साइन गरे अनमोलले

anmol kc

नायक अनमोल केसीले एक दशक अगाडि निर्माण भएको फिल्म ‘छड्के’को सिरिज साइन गरेका छन् । तर, अनमोल केसीले भने अझै पनि मिडियामा फिल्म साइन नगरेको बताएका छन् ।

फिल्मका निर्देशक निगम श्रेष्ठले भने अनमोलले यो फिल्म साइन गरेको पुष्टी गरेका छन् ।

उनले, २ साता अगाडि नै अनमोलले फिल्म साइन गरेको भन्दै ‘छड्के २’लाई ‘छड्के’को सिक्वेलको रुपमा नवुझ्न आग्रह गरे ।

फिल्मले ग्याङस्टारको कथालाई कमेडी शैलीमा भन्नेछ । ‘हनी बनी’ छाडेका अनमोलले केही समयपछि यो फिल्म साइन गरेका हुन् ।

फिल्ममा विपिन कार्की भने हुने छैनन् । विपिनले फिल्मका लागि चर्को पारिश्रीमक मागेपछि उनी यसमा जोडिन नसकेका हुन् ।

वुझिए अनुसार फिल्मको फस्टलुकसँगै अनमोलले साइन गरेको घोषणा गरिनेछ ।