६ जेष्ठ २०८१, आईतवार

केही नदीहरुमा बाढीले खतराको सतह नाघ्यो

narayani
फाइल फोटो

लगातार परेको पानीले मुख्यमुख्य नदीहरुमा बाढीले खतराको सतह नाघेको छ । मंगलबार विहानसम्म मापन भएको पानीको सहतमा कोशी, चुरिया, कन्काई र तिनउँ नदीमा बाढीले सतह पार गरेको बाढी पूर्वानुमान महाशाखाको तथ्याङकमा उल्लेख छ ।

तिनउँ नदी अन्र्तगत रुपन्देहीको सुर्यपुरा, कोशी नदी अन्तर्गत सुनसरीको तरहरा, कोशी चुरियाँ नदीको मोरङको लेटाङ, कन्काई नदी अन्तर्गत झापाको दमक र सनिश्चरे, चन्द्रगढी विमानस्थल र कन्काई क्षेत्रमा उच्च बाढी आएपछि पानीको सतह समेत उच्च भएका महाशाखाको तथ्याङकमा उल्लेख छ । यी नदीहरुमा २४ घण्टाको अवधिमा धेरै बाढी आएपछि खतराको घण्टी बजेको हो ।

महाशाखाले २३७ वटा स्टेशनबाट देशका मुख्यमुख्य नदीहरुको बाढीको सतह मापन गर्दै आएको छ । महाशाखाले २४ घण्टाको अवधिलाई मानेर एक घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १०० मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर वर्षा भएमा खतराको संकेत दिने गरेको छ ।

लगातारको वर्षाले मौसम खरावी हुँदा मंगलबार विहानै देखि देशका विभिन्न विमानस्थलहरुमा उडान समेत प्रभावित भएको छ ।

मंगलबार विहान ९ बजेसम्म बाढीले विभिन्न नदीमा सतर्कता तह पार गरेको तथ्याङक यस्तो छ:

Screenshot 2022 06 28 083638