१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक विवादका कारण एकिकृत समाजवादी फुटको संकटमा, मन्त्रीकै लागि रडाको ?

madhav 1

एमालेबाट अलग्गिएर जन्मिएको एकिकृत समाजवादी आन्तरिक विवादका कारण संकटमा छ । मन्त्री हेरफेरलाई लिएर पार्टीभित्र बढ्दो अन्तरद्धन्दका कारण पार्टी विभाजनकै स्थितिमा पुगेको छ । एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल यतिबेलारुनु न हाँस्नुको अवस्थामा छन् । मुलुकको व्यवस्था बचाउन भन्दै आफैले बनाएको पार्टी नेकपा एमाले त्यागेर नयाँ पार्टी नेकपा एकिकृत समाजवादी गठन गरेका उनलाई अहिले यहि पार्टी निल्नुन ओकल्नु बनेको छ ।

नेकपा एमालेबाट अलग्गिने बेला होस् या नयाँ पार्टी दर्ता गर्दा, हातै समाएर निर्वाचनआयोगसम्म डोहोर्याउने नेताहरु नै अहिले मन्त्री मोहका कारण उनी विरुद्ध खनिन थालेका छन । मन्त्रीमण्डल गठनका बेला ६ महिनापछि फिर्ता बोलाउने निर्णय नै गरेर मन्त्री बनेकाहरु अहिले सरकारबाट फिर्ता हुनतयार छैनन् ।

२२ जेठ २०७९ मा पार्टीबाट सरकारमा सहभागी भएका ४ मन्त्रीहरुलाई फिर्ता बोलाउने सचिवालय बैठकको निर्णयकच्चा भएको भन्दै पार्टीले गरेको निर्णयविरुद्ध मोर्चा नै बनाएर अध्यक्ष नेपाल विरुद्ध उभिएका छन ।

अर्कोतर्फ मन्त्री बन्नेपालो कुरेर बसेकाहरु पनि यथासक्य चाँडो सपथ ग्रहण गराउन दवाव दिईरहेका छन । मन्त्री छोड्न नचाहने र मन्त्रीबन्ने पालोमा रहेकाहरुबीचको घम्साधम्सीका कारण पार्टी दुई धारमा विभाजित छ ।

अध्यक्ष नेपालले अहिले आफुहरु सम्हालीनु पर्ने नत्र संकट सृजनाहुने बताएका छन । पार्टीभित्रको बढ्दो असन्तुष्टिका कारण पार्टी नै विभाजन हुने त होइन शंका बढेको छ । तर नेताहरु पार्टीमा कुनै विवाद नभएको दावी गर्छन । मन्त्री फेरबदलबारेको निर्णय छिट्टै कार्यान्वयन हुने नेताहरुको दावी छ । मन्त्री हेरफेरको विषय पार्टीमा सर्वसम्मत निर्णय भएको नेताहरुको दाबी छ ।

स्थानीयतह निर्वाचन र बजेटको बहानामा गठबन्धनले मन्त्रीमण्डल हेरफेर नगर्दा गठबन्धनभित्र असन्तुष्टि बढ्दो छ । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रीमण्डल हेरफेरमा ढिलाईगर्दा गठबन्धन र नेकपा एकीकृत समाजवादीबीचको दुरी बढिरहेको छ ।

अकोतर्फ बाम एकताको पक्षमा उभिएका नेताहरु र पूर्व एमालेहरुबीचको बढदो हिमचिमले पनि एकीकृत समाजवादी विवाद र विभाजने घेरामा पर्न थालेको छ ।