१४ बैशाख २०८१, शुक्रबार

मन्त्रीकाे अडियो सार्वजनिक गर्ने निगमका अध्यक्ष निलम्बित

ubaraj adhikari

सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

आफ्नै तालुकदार मन्त्रीसँग भएको कुराकानीको अडियो सार्वजनिक गर्ने अध्यक्षलाई सरकारले निलम्बन गर्ने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री प्रेमबहादुर आलेले संस्थागत विषयमा गरिएको कुराकानीलाई सञ्चारकर्मीसम्म पुर्याएपछि नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बिन गरी जाँचबुझ अघि बढाइएको मन्त्री परिषदको बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै मंगलबार विहान सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो ।

यद्यपी त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो ।

सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सोझै टिकट विक्री गर्ने कार्य गरेकोलगायत दर्जन बढी आरोप अधिकारीमाथि छ ।

यस अघि पटक पटक मन्त्रीकै निर्दैशनलाई वेवास्ता गर्दै अधिकारीले संस्थाको हितविपरीत काम गरेको गुनासो पछि सरकारले उनी माथि जाँचबुझ अघि बढाएको जनाएको छ ।