१५ चैत्र २०८०, बिहीबार

यी हुन् मन्त्रीपरिषद्को ७ निर्णयहरु

gyanendra karki 1

असार ६ गते सोमबार बसेको नेपाल सरकार मन्त्रीपरिषद्ले सात वटा निर्णय गरेका छन् । मन्त्री परिषदको बैठकको निर्णयलाई मंगलबार विहान सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सात वटा महत्वपुर्ण निर्णय गरिएको जानकारी दिनुभयो ।

मन्त्रीपरिषद्ले नेपाल वायूसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन गरेको छ भने जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । त्यसै गरी कोहलपुर– सुर्खेत १३२ केभि प्रशारण लाइन विस्तारका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ ।

संयुक्त राज्य अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम (एपीपी) लाई अघि नबढाउने , सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने, नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ ।

त्यसै गरी रिक्त रहेको राष्ट्रिय समाचार समितिको अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

cabinate desion 2079 3 6