१४ बैशाख २०८१, शुक्रबार

निश्चित सहर कब्जा गर्ने योजनामा रुसी फौज, हजारौँ नागरिक फसे

Russian Army

रुसी सेनाले सेभेरोदोनेत्स्क सहरको अन्तिम पुल ध्वस्त पारेको छ । सेभेरोदोनेत्स्कमा रुसी र युक्रेनी सेनाबीचको भिडन्त भएको छ । ध्वस्त हुनुअघि उक्त पुल सर्वसाधारण नागरिकहरूको लागि निकासी मार्गको रूपमा काम गर्न सक्ने बताइएको थियो । 

क्षेत्रीय गभर्नर सर्गेई गैडाईले सहर जाने अन्तिम पुल भत्किएपछि बाँकी नागरिकहरू सहरमा फसेका र अहिले मानवीय सामग्री पुर्‍याउन असम्भव भएको बताए ।
युक्रेनले बारम्बार सेभेरोदोनेत्स्कको रक्षा गर्न पश्चिमा देशहरूसँग हतियार माग गर्दै आएको छ ।

मस्कोले युक्रेनलाई पश्चिमी सहयोगको आलोचना गरेको छ । रुसले २४ फेब्रुवरीदेखि युक्रेनमा आक्रमण गरेको छ । युद्ध चौथो महिनामा चलिरहँदा रुसी फौज निश्चित सहर कब्जा गर्ने योजनामा छन् ।