३ जेष्ठ २०८१, बिहीबार

भट्टराईले मागे अर्थमन्त्री शर्माको राजीनामा

yogesh
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

उनले अर्थमन्त्री शर्माले आफ्नो अमुक प्रतिनिधिलाई जेठ १४ गते मध्यराति अर्थमन्त्रालयमा खटाई विद्युतिय गाडीका कर, स्वास्थ्य बिमाको विषय, फलाम र फलामजन्य वस्तुहरूको कर, सेनेटरी प्याडको करलगायतको विषयमा करको दर हेरफेर गराएको सञ्चारमाध्यममा समाचार आएको उल्लेख गरे ।

‘नेपालको संसदीय इतिहासमा कोही मन्त्रीमाथि प्रश्न उठ्यो भने राजीनामा दिने चलन छ । यसलाई ख्याल गरियोस्’ उनको भनाइ छ ।