२६ बैशाख २०८१, बुधबार

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

IMG 20220602 172835

लमजुङमा मोटरसाइकल वर्कसपमा आगलागी भएको छ । जिल्लाको सुन्दरबजार नगरपालिका ९ सिउडिबार धारापानीमा रहेको अधिकारी मोटरसाइकल वर्कसपमा सोमबार बिहान अन्दाजी पौने ५ बजे आगलागी भएको हो ।

आगलागी हुँदा ७ वटा पुरानो कवाडी मोटरसाइकल, सर्भिसिङका लागि राखिएकाे एउटा मोटरसाइकल र २ वटा स्कुटर पूर्णरुपमा जलेको जिल्ला प्रहरी कार्यलय लमजुङका सूचना अधिकारी जगदीश रेग्मीले बताए ।

सीसी‍टीभी फुटेजमा देखिएको दृश्यलाई हेर्दा विद्युतको पोलमा तार सर्ट भएर आगालागि भएको देखिएको छ । आगालगीकाे सूचना पाए लगत्तै प्रहरी र स्थानीय मिलेर आगो नियन्त्रणमा लिएका थिए ।