१५ बैशाख २०८१, शनिबार

आफ्नो आधार इलाकाका रुपमा लिने माओवादीले दुई पालिकामात्र जित्यो सल्यानमा

maiost

नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाकाका रुपमा लिने सल्यानका दुई पालिका यसपटकको निर्वाचनमा गुमाएको छ । ६ वटा पालिकामा जित हात पार्ने उद्घोषसहित नेकपा एकीकृत समाजवादीसँग तालमेल गरेर चुनावमा होमिएको माओवादी अन्ततः दुई वटा पालिकामा मात्र चित्त बुझाउन बाध्य भयो । पार्टी हार्नुको कारण अन्तरघात भएको निष्कर्षसहति पार्टीले केहीलाई कारबाहीसमेत गरेको छ ।

नेकपा माओवादी केन्द्रको आधार इलाकाको रुपमा परिचित सल्यानको बागचौर नगरपालिका र कुमाख गाउापालिकामा यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले जित निकालेको छ । २०७४ सालमा बागचौरमा प्रमुख, उपप्रमुख र ८ वडाध्यक्ष जितेको माओवादी यस पटक भने उपमेयर र ३ वडाअध्यक्षमा सीमित भयो । यस्तै २०७४ सालमा माओवादीले जितेको कुमाख गाउँपालिकामा यस पटक कांग्रेस र एमालेको गठबन्धन विजयी भएको छ ।

आधार इलाका नै गुमाउनुको कारण पार्टीभित्रको चरम असन्तुष्टि र अन्तरघात भएको माओवादी नेताहरु बताउाछन् । पार्टीलाई असहयोग गरेको आरोपमा माओवादी केन्द्रले कर्णाली प्रदेश सदस्य तथा बागचौर नगरपालिकाका निवर्तमान प्रमुख लोकमान बुढाथोकीलाई कारबाहीसमेत गरेको छ ।

सल्यानमा माओवादीले २०६४ सालदेखि कुनै पनि निर्वाचित हार्नुपरेको थिएन । अहिले भने जिल्लाका ५ पालिका कांग्रेसको हातमा परेको छ सबै भन्दा बढि ३१ वडासमेत कांग्रेसले जितेको छ । पहिलो पार्टीको नेतृत्व गर्दै आएको माओवादी अहिले निराश बनेको छ ।