१४ बैशाख २०८१, शुक्रबार

चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिए

281853436 5136962553016046 8850323052645241829 n

कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए ।

३० वैशाखमा सम्पन्न निर्वाचनबाट कास्कीको मादी र माछापुच्छ्रेमा कांग्रेस तथा अन्नपूर्ण र रुपामा एमालेको नेतृत्व निर्वाचित भएको छ । रुपाका नवराज ओझा, मादीका देवीजंग गुरुङ, माछापुच्छ्रेका मिनबहादुर गुरुङ र अन्नपूर्णका विष्णु केसीले सपथ लिएका हुन् ।

उनीहरुले आजै उपाध्यक्षहरुलाई र गाउँसभाका सदस्यहरुलाई सपथ खुवाएका छन् भने केहीमा पदस्थापनसमेत भैसकेको छ ।