१४ बैशाख २०८१, शुक्रबार

झन् रोचक देखिँदै परिणाम: फरक टिप्पणी दलहरुका !

all party

मत परिणाम आउन अब करिब एक तिहाई स्थानीय तहको मात्रै बाँकी छ । ६ महानगरसहित ११ उपमहानगर र केही अरु पालिकाको प्राप्त मतको अवस्था झन् रोचक देखिँदैछ । परिणाम हेर्दा यसपालीको निर्वाचनबाट नेपाली कांग्रेस पहिलो र दोस्रोमा एमाले रहेन पक्का भएको छ ।

माओवादी केन्द्रले अघिल्लो पटकको जनमत केही सुधार गरेको देखिन्छ भने एकीकृत समाजवादीलाई अस्तित्व जोगाउन हम्मेहम्मे पर्यो । स्थानीय तहको जनमत सार्वजनिक भइरहँदा दलहरुका पनि फरक टिप्पणी आउन थालेका छन् ।

सवै स्थानीय तहको मत परिणाम सार्वजनिक नहुँदै दलहरु कुन कुन हैसियतमा रहने भन्ने करिब पक्का भैसकेको छ । पहिलो शक्ति एमाले दोस्रो र कांग्रेस पहिलोमा उक्लिएका छन् ।

पाटी विभाजनले कुनै असर नपुग्ने बताउँदै आएको एमालेमा निर्वाचन परिणामले प्रभाव पारेको छ । शक्तिको दुरुपयोग, धाँधली र पार्टी भित्रैबाट अन्तर्घातलाई हारको मुख्य कारण देखेको एमालेले उम्मेदवार छनोटमा पनि त्रुटी भएको स्वीकारेको छ ।

यो निर्वाचनमा गठबन्धन दल मध्ये सबैभन्दा फाइदा नेपाली कांग्रेसलाई भएको छ । कम्युनिष्ट भित्रको टुटफुटको फाइदा त रह्यो नै, उनीहरुलाई सहयात्री बनाएर कांग्रेसले झन् लाभ लियो ।

माओवादी केन्द्रको पक्षमा पनि जनमत देखिएको छ। कमजोर हुने आकलन गरिएको माओवादीले पनि गठबन्धनबाट लाभ नै पायो । माओवादी केन्द्रले आफूलाई स्पष्ट रुपमा तेस्रो शक्तिमा रुपमा उभ्याएको छ ।

समग्र मत गठबन्धन दलहरुका पक्षमा देखिए पनि सबै दल भने सन्तुष्ट छैनन् । जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टी आफूले पाएको मत प्रति असन्तुष्टि जनाएका छन् ।

एमालेबाट अलग्गिएको एकीकृत समाजवादीले त पार्टी विभाजनका बेला बाहिरिएका सांसदको संख्या जति पालिका पनि जित्ने देखिएन । त्यसैले कतिपय नेताहरुले यसको समीक्षा जरुरी देखेका छन । तर गठबन्धनलाई अर्को चुनावसम्मै लानेमा भने विमति देखिन्न । यद्यपी गठबन्धनको भविश्य के हुन्छ भन्ने नयाँ बहस भने सुरु भैसकेको छ ।