१६ असार २०७९, बिहीबार

कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका माझी र उपमेयरमा जसपाका यादव निर्वाचित

janamat party

सप्तरीको कंकालिनी नगरपालिकाको नगरप्रमुखमा जनमत पार्टीका विरेन्द्र माझी विजयी भएका छन्। उनीले ६ हजार ४०७ मत ल्याएर विजय भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता सामासवादीका शैलेश साहले ६ हजार २४६ मत ल्याए। साह २०७४ सालको निर्वाचनमा राजपाबाट मेयर पदमा निर्वाचित भएका थिए।

उपमेयरमा जसपाकी सरिता यादव पुन: उपमेयर पदमा ६ हजार ५०२ मत ल्याएर विजय भईन्। उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीको उपमेयर उम्मेदवारले ५ हजार ९८२ मत प्राप्त गरिन्। यादव २०७४ सालको निर्वाचनमा उपममेयर पदमा निर्वाचित भएकी थिइन्।

त्यस्तै यस नगरपालिकाको वडा नं १ मा जनमत पार्टीका सुरेन्द्र मण्डल, २ मा जनता समाजवादी पार्टीका सन्तोष कुमार यादव,३ मा जसपाकै विजय कुमार यादव, ४ मा जनमतका मौली कुमार मण्डल,५ मा माओवादी केन्द्रका बुद्धिमान श्रेष्ठ, ९ मा जसपाकै हरिश्चन्द्र वर्मा, १० मा जसपाको राम लखन मण्डल, ११ मा माओवादी केन्द्रका साकीर खा, १२ जसपाका श्रीचन्द्र मुखिया, १३ मा जसपाकै कुशेश्वर यादव र १४ मा जसपाका कृष्ण कुमार यादव विजय भएका छन्।