७ बैशाख २०८१, शुक्रबार

तालाबन्दी गरे सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ताले कृषि मन्त्रालयमा

janamat tala

सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ताले मधेश प्रदेशको कृषि मन्त्रालयमा तालाबन्दी गरेका छन् । मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रीलाई कारबाही गर्न भन्दै गएका कार्यकर्ताले मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्केका हुन् । 

जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तर्गत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमतका कार्यकर्ताहरूले मन्त्रालयमा तालाबन्दी गरेका हुन् । मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए ।

प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरूमा व्यापक भ्रष्टाचार भएको, कृषिकहरूलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै कारबाहीका लागि किसानहरू मन्त्रालयमा पुगेको जनमत पार्टी धनुषाले दाबी गरेको छ । 

मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनुपर्ने माग रहेको जनमत पार्टी धनुष इन्चार्ज बीपी साहले बताए ।

यादवले भने किसानको माग सम्बोधन नभए मन्त्रीहरूलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्री ज्यूहरू तयार रहनु होला । यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।