१५ चैत्र २०८०, बिहीबार

खाता खोल्यो नेमकिपाले चाँगुनारायणमा

282052009 10224645408713885 6909843969511530110 n

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा पनि खाता खोलेको छ । नगरपालिकाको वडा नं ९ मा उक्त पार्टीले वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमै विजयी हासिल गरेको हो । वडा अध्यक्षमा गणेश त्यात र सदस्यहरूमा कमला गिरी, सुमित्रा दर्जी, रविन बासुकला र विद्यापति प्वार थापा विजयी भएका हुन् ।

वडा अध्यक्ष त्यात विपक्षी भन्दा निकै फराकिलो अन्तरमा विजयी भएका थिए । उनले एक हजार सात सय ८६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका नौ सय दुई मत ल्याएका थिए । यस वडामा कांग्रेसका वडा अध्यक्षले चार सय ३२ मत ल्याएका थिए ।

यस नगरपालिकामा नौवटा वडाहरू छन् । यस वडामा कांग्रस, एमाले, राप्रपा र नेमकिपाका वडा अध्यक्षहरु जितेका छन् । कांग्रसले वडा नं १, २, ५ र ८ एमालेले ३ र ४, राप्रपाले ६ र ७ र नेमकिपाले ९ वडामा वडा अध्यक्ष जितेको हो ।

यो नगरपालिकाको मेयरमा नेपाली का‌ंग्रेसका जीवन खत्री विजयी भएका छन् । उपमेयरमा भने एमालेका रमेश वुढाथोकी विजयी भए । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक कांग्रेसले मेयर हात पारेको हो । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् ।

विना यसअघि नगरपालिकाको उपयेर थिइन् । एमालेबाट मेयरमा विजयी भएका मिश्रले नदोहाेर्‍याइ छोडिदिएपछि एमालेबाट उपमेयरमा विजयी भएकी विनाले मेयरमा टिकट पाएकी थिइन् ।

281555045 10225959182473843 2967682402025460344 n