१५ चैत्र २०८०, बिहीबार

आफ्नो माग पुरा नभए आन्दोलन गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीको चेतावनी

ck raut

सिके राउत नेतृत्वको जनमत पार्टीले आफूले राखेको माग पूरा नभए त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

जनमत पार्टीले किसानको आन्दोलनका क्रममा सरकारले दमन गरेको, धेरै किसाष्न घाइते भएको, पक्राउ परेको भन्दै सरकारी दमनको विरोध गरेको छ । जनमत पार्टीले शुक्रबार सरकारलाई आफ्ना माग बुझाउँदै चाँडो किसानको समस्या समाधान गर्न आग्रह गरेको छ ।

जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्थाको सुनिश्चितता गर्नुपर्ने, उखु किसानको बाँकी बक्यौता भुक्तानी गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गर्नुपर्नेलगायतका ११ बुँदे माग सरकारलाई बुझाएको छ ।