१४ बैशाख २०८१, शुक्रबार

माडीको मेयरमा एमालेकी तारा र उपमेयरमा कांग्रेसका खेम निर्वाचित

madi nagarpalika

चितवनको माडी नगरपालिकामा नेकपा एमालेकी उम्मेदवार विजयी भएकी छन् ।

एमालेकी ताराकुमारी काजी महतोले ९९०१ मतका साथ मेयरमा निर्वाचित भएकी हुन । उनका निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका ऋषि काफ्लेले ७७२९ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । महतोले ६८३० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी राप्रपाका मदन पौडेल ५१४० मत प्राप्त गरे । माडीमा कुल २० हजार ४९५ मत खसेको थियो । माडीमा पाँच दलीय गठबन्धन सँगै एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । माडीमा माओवादी पराजित भएसँगै अध्यक्ष पुस्पकमल दाहाललाई पनि झट्का लागेको छ ।