२३ बैशाख २०८१, आईतवार

जनमाेर्चाका थापा विजयी भूमिकास्थानकाे नगरप्रमुखमा

IMG 20220517 193155

भूमिकास्थान नगरपालिकाकाे नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।

केहिवेरअघि भएकाे मतगणनाकाे परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।