६ जेष्ठ २०८१, आईतवार

इटहरीमा किशोरीलाई ९ जना मिलेर बलात्कार

rape

सुनसरीको इटहरीमा एक किशोरी बलात्कृत भएकी छिन् । १७ वर्षीया किशोरीलाई ९ जना मिलेर बलात्कार गरेका छन्।

इटहरीस्थित इलाका प्रहरी कार्यालयका अनुसार आफूलाई ९ जना मिलेर बलात्कार गरेको भन्दै एक किशोरीले उजुरी दिएकी हुन्।

इटहरी–११ स्थित सिमरबनामा गत वैशाख १४ गते ९ जनाको समूहले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

पीडित किशोरीले इलाका प्रहरी कार्यालय इटहरीमा आफूमाथि सामूहिक बलात्कार भएको भन्दै उजुरी दिएकी छन् ।

सुन्दरहरैचा–२ की बस्दै आएकी किशोरीमाथि बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य सात जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बलात्कारमा परेकी किशोरीको स्वास्थ्य परीक्षण गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

प्रहरी कार्यालयका बुझाएको जाहेरीमा ती किशोरीले यही वैशाख १७ गते राति आफू सामूहिक बलात्कारमा परेको उल्लेख गरेकी छन्।

इटहरी वडा नम्बर ११, खनार भन्ने स्थानमा किशोरी बलात्कारमा परेको उजुरी आएको इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्मराज भण्डारीले जानकारी दिए।

‘उजुरीका आधारमा हामीले २ जना पक्राउ गरिसकेका छौं, ’ डीएसपी भण्डारीले शुक्रबार साँझ टेलिफोनमा नेपाल घटनासँग भने, ‘अन्यको खोजी भइरहेको छ।’

उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नमध्ये स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीलाई पक्राउ गरेको हो।

‘घटनाको व्यापक अनुसन्धान भइरहेको छ,’ डीएसपी भण्डारीले नेपाल घटनासँग भने, ‘अहिले धेरै कुरा नखोलौं, अनुसन्धानमा बाधा पर्छ। अन्य ७ जनालाई प्रहरीले खोजी गरिरहेको जानकारी दिए ।