१५ बैशाख २०८१, शनिबार

पाउमा पैसा चढाएको भाइरल फोटोको यस्तो रहेछ वास्तविकता…

sin

सोमबार एउटा फोटोले सामाजिक संजालदेखि संचारमाध्यमसम्म भाइरल बन्यो । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० मा वडाध्यक्षका कांग्रेसका उम्मेदवार अमृत खनाल एक महिलाको पाउमा १ हजारको नोट राखेको तस्वीर भाइरल बन्यो । निर्वाचन आचारसंहिता उल्लंघन गर्दै मतदाताको पाउमा पैसा राखेर भोट मागेको भन्दै उहाँको चर्को आचोचना भइरहेको छ ।

मतदाता प्रभावित बनाउने काम गरेको भन्दै उम्मेद्वार खनालमाथि विभिन्न आरोप लागेको छ । तर खनालले भने सो फोटोको प्रष्टिकरण दिएका छन् । उनले फोटोको विपक्षीले उल्टो प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । खनालले उक्त तस्वीरमा गोडा ढोगिएकी महिला मतदाता नभएर आफ्नी फुपु भएको बताएका छन् ।

ती महिलाको नाम चेतकुमारी कार्की हो । फुपाजु बितिसकेको हुनाले दिदीको दैनिकीलाई सहजता होस् र दिदीप्रतिको सम्मानमा आफूले हरेक पटक भेट्दा केही रुपैयाँसहित ढोग गर्ने गरेको उउनले बताए ।

फुपु कार्कीको घर वडा नम्बर १० भए पनि मतदाता नामावली भने वडा नम्बर ९ मा रहेको छ । फुपुले आफूलाई मत दिनै नपाउने भए पनि विपक्षीले गलत प्रचार गरेको खनालले बताए ।

उनले सञ्चार माध्यमहरूले पनि एकतर्फी रूपमा समाचार सम्प्रेषण गरेकोप्रति आपत्ति समेत जनाएका छन्। यस विषयमा महिलासँग बुझ्दा उनले पनि खनाल आफ्नो भाइ भएको र वडाध्यक्षको उम्मेदवार बनेकोमा टीका लगाएको आशिर्वाद दिएको बताइन् ।

po