१४ बैशाख २०८१, शुक्रबार

‘विप्लव’ले आफ्नो पार्टीको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान

netrabikram chand biplav

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीको समर्थन प्राप्त स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आह्वान गर्नुभएको छ ।

चन्दले आज अपिल जारी गर्दै देशभक्त एवं जनवादी स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । संसदीय सत्ता र व्यवस्थाभित्रको इकाईबाट आमूल परिवर्तन संभव नभए पनि, राष्ट्र र जनताको पक्षमा संघर्ष गर्ने कार्यनीतिक मोर्चाका रुपमा लिएको अपिलमा उल्लेख छ ।

स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघातविरोधी देशभक्त, जनवादी प्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति र निर्णय पारित गरेको अपिलमा उल्लेख छ ।

आफूले समर्थन गरेका स्वतन्त्र प्रतिनिधिले राष्ट्र र जनताकाविरुद्ध कार्य गरेमा भ्रष्टाचार, अनियमितता लगायत निजी स्वार्थका लागि प्रयोग भएको देखिएमा समर्थन फिर्ता हुने पनि अपिलमा उल्लेख गरेको छ ।

पार्टीमा निर्वाचनमा सहभागी हुनेनहुने विषयमा विवाद भइरहेका बेला महासचिव चन्द अपिल आएको हो ।