१६ चैत्र २०८०, शुक्रबार

महानिरीक्षकमा सिंह र सशस्त्रमा अर्याल

singh aryal 01 18

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) मा धिरज प्रताप सिंह र सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षकमा राजु अर्याललाई पदोन्नति गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले दुवै सङ्गठनका प्रहरी अतिरिक्त महानिरीक्षक द्वय (एआइजी) सिंह र अर्याललाई आइजिपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानी मन्त्री उमाकान्त चौधरीले जानकारी दिनुभयो ।