२० बैशाख २०८१, बिहीबार

अनलाइन कक्षा बन्द गर्नु : पोखरा महानगरपालिका

online education scaled

पोखरा महानगरपालिकाको शिक्षा शाखाले अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको भन्दै बिहीबार एक सूचना जारी गर्दै विद्यालयहरुलाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको हो ।

‘अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृती निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विद्यार्थी तथा अभिभावकहरुलाई मानसिक दबाब समेत पर्ने गरेकाले त्यस्ता कक्षाहरु बन्द गराउन पोखरा महानगरपालिकामा उजुरी दर्ता हुन आएकोले हाल विद्यालयहरुले सञ्चालन गरेको अनलाइन कक्षा बन्द गर्न र पोखरा महानगरपालिकाको अनुमति बिना अनलाइन कक्षा सञ्चालन नगर्न नगराउनु हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ’ उक्त सूचनामा भनिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमका लागि गरिएको लकडाउनले स्कूल बन्द भएपछि केहि विद्यालयले अनलाइन कक्षा सञ्चालनमा ल्याएका थिए ।

pokhara municipality cancel online class