२१ बैशाख २०८१, शुक्रबार

सदस्यता नै खारेज गर्ने चेतावनी दिए पनि पौडेलले फिर्ता लिएनन् उम्मेदवारी

Jagannath Paudel

चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको उम्मेद्‍वारविरुद्ध बागी उम्मेद्‍वारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले आफ्नो मनोनयन कायम राख्नु भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र सत्तागठबन्धको अर्को घटक पुष्पकमल दाहाल प्रचण्डले आग्रह गर्दा पनि पौडेलले उम्मेदवारी फिर्ता नलिनु भएको हो ।

यो निर्णयसँगै दुई दिनदेखि पौडेललाई फकाउन भरतपुर पुगेका गृहमन्त्री बालकृष्ण खाण आज काठमाडौं फर्किनु भएको छ । कांग्रेस केन्द्रीय समितिले उम्मेद्‍वारी फिर्ता नलिए पार्टी सदस्यता नै खारेज गर्ने चेतावनी दिए पनि पौडेलले आफू उम्मेदवारी फिर्ता लिन नसक्ने ठाउँमा पुगिसकेको भन्दै फिर्ता लिन मान्नुभएन ।

दुई दिनसम्म चितवन बसेर उम्मेदवारी फिर्ता गराउन आग्रह गरेका कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठ आज काठमाडौं फर्किनु भएको छ ।

भरतपुर महानगरपालिकामा दोस्रो पटक पनि माओवादी केन्द्रलाई मेयर पद दिने र काँग्रेसले समर्थन गर्ने केन्द्रले निर्णय गरेदेखि नै चितवनका नेता कार्यकता असन्तुष्ट थिए । तिनै असन्तुष्टिका कारण पौडेलले बागी उम्मेद्‍वारी दिनुभएको हो ।