१६ बैशाख २०८१, आईतवार

बन्दुक देखाएर लाखौंको लुटपाट

gun

शुक्रवार बिहान बन्दुक देखाएर लाखौंको लुटपाट भएको छ ।

बिहान करिब २ बजेको समयमा नकावधारीको एक समूहले बन्दुक देखाएर सुरुङ्गा नगरपालिकावडा नम्वर ७ स्थित मिथिलेश मिश्रको घरबाट ६ लाख मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

मास्क र कपडाले मुख छोपेरआएका ६/७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको बताइएको छ । घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले बताउनुभएको छ ।

‘चोरी भएको कुरा आइरहेको छ, त्यहाँ हामीले टोली खटाएका छौं र के कसरी घटना भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो, ‘केही गरगहना लगेको कुरा आइरहेको छ, हामी अनुसन्धान गर्दैछौं ।’