१५ चैत्र २०८०, बिहीबार

बैंक लुटन आएका लुटेराले गोली चलाउँदा एक घाइते, तीनजना पक्राउ

61643ad8b280a bain

मोरङ जिल्लाको धनपालथान गाँउपालिकास्थित कर्सिया बजारमा सिटिजन बैंकको शाखा कार्यालय लुट्न आएको समूहले गरेको गोली प्रहारबाटम एकजना घाइते भएका छन् । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाइ पक्राउ गरेको छ ।

सोमबार दिउँसो सिटिजन्स बैंकको शाखा कार्यालयमा गोली चलेको हो । घाइते व्यक्ति बैंकको गार्ड भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बैंक लुट्न आएको समूहले गोली चलाएको स्थानीयबासीले बताएका छन् । मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले बैंक लुट्ने प्रयासको क्रममा लुटेरा समुहले गोली चलाएको र त्यसमा संलग्न तीन जनालाई पक्राउ गरेको बताउनुभयो । घटनाको सन्दर्भमा प्रहरीले थप अनुसन्धान प्रारम्भ गरेको छ ।