७ बैशाख २०८१, शुक्रबार

ओडारमा फेला परे २२ नाल भरूवा बन्दुक

gun
फाइल फोटो

जिल्ला प्रहरी कार्यालय बागलुङले वेवारिसे अवस्थामा २२ नाल भरुवा बन्दुक फेला पारेको छ ।

आइतबार दिउँसो प्रहरी चौकी बुङगादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

बागलुङको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओडारमा एक नाले भरुवा बन्दुक १२ नाल र तमानखोला–३ मार्के खोलाको ओडारमा एक नाले १० नाल बन्दुकहरु फेला परेको हवारीले जानकारी दिनुभयो ।

प्रहरीले भरुवा बन्दुक सहित स्थानीयलाई पक्राउ गर्दै आएपछि स्थानीयले डराएर ओडारमा लुकाइ राखेको हुन सक्ने प्रहरीको भनाई छ । ओडारमा भरुवा बन्दुक लुकाइ छिपाइ राख्नेहरुका बारेमा थप अनुसन्धान थालिएको हवारीको भनाई छ